राजनीति

मोहन वैद्यको पार्टीले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने


काठमाडौँ — मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी वैशाखमा हुने भनिएको स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको पार्टीका महासचिव मोहन वैद्य किरणले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।

०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा भने क्रान्तिकारी माओवादी पनि सहभागी भएको थियो। निर्वाचनमा सहभागी भएपनि उक्त पार्टीका नेता कतै विजयी भएका थिएनन्।