Breaking

एमाले सचिवालय बैठक आज बस्दै


काठमाडौँ — नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक मंगलबार दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ ।

स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेको तयारी छ ।