Breaking

निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई, प्रतिपक्षी दल भ्रम छर्न उद्दत


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव नजिक आइसकेकाले त्यसलाई भयरहित वातावरणमा निष्पक्षरूपमा गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता नेकपा (एमाले) नेतृत्वको सरकारले संसदबाट पारित गर्न पेस गरेकाले अहिले त्यसैलाई अघि बढाएको बताउनुभयो ।

सरकारमा हुँदा एमसीसी चाहिन्छ भन्दै संसदबाट पास गर्नुपर्छ भनेर लाग्नेहरू अहिले सत्ताबाट बाहिर हुँदा विरोध गरेर दोहोरो चरित्र नदेखाउन प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो ।