राजनीति

राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य हुँदैन: लिङ्देन


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई निर्वाचन आयोगले हलो चिन्ह प्रदान नगरे स्थानीय चुनाव नै हुन नदिने दाबी गर्नुभएको छ ।

आज बर्दियामा आयोजित आमसभालाई सम्वोधन गर्दै उहाँले राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य नहुने बताउनुभयो । उहाँले राप्रपाका कार्यकर्ता तथा मतदाताले हलो चुनाव चिन्हमा नै भोट हाल्न पाउने दाबी गर्नुभयो ।

राष्ट्रिय मान्यता पाएका दलबाहेक अरु दलका उम्मेदवारलाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार मान्न सक्ने कानुनी व्यवस्था छ । राजनीतिक दलसम्बन्धी ऐनमा भएको यो व्यवस्था विभेदकारी रहेको भन्दै साना दलहरुले विरोध जनाइरहेका छन् ।