Breaking

जसमामा तीन सदस्यीय मुख्यालय समिति गठन


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) ले तीन सदस्यीय मुख्यालय समिति गठन गरेको छ। राजधानीमा जारी केन्द्रीय समितिको बैठकले मुख्यालय समिति गठन गर्ने निर्णय गरेको हो ।

उक्त समितिमा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहेका छन्।

पार्टीभित्रका आन्तरिक समस्यालाई समाधान गर्न मुख्यालय समितिले भूमिका खेल्ने र मुख्यालय समितिले गरेका निर्णयलाई केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था राखिएको नेता पाण्डेले बताए।

उनले विधान सम्मेलन भने स्थानीय तहको निर्वाचनपछि गर्ने निर्णय भएको बताए।