Breaking

निर्वाचनको कार्ययोजना तय गर्न एमालेको केन्द्रिय कमिटी बैठक


कामठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न पार्टी केन्द्रिय कमिटीको बैठक बोलाउने भएकोे छ ।

आज पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रिय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको हो ।

त्यसका लागि आवश्यक एजेन्डाहरु तय गर्न भोली अपरान्ह ३ बजे पार्टी केन्द्रिय सचिवालयको बैठक बोलाइएको पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनु भयो ।

उहाँले पार्टीको सिंगो पंक्तिलाई निर्वाचन केन्द्रित गराउने काममा लागि पार्टी पोलिटव्यूरो बैठक पनि छिट्टै बोलाउने विषयमा पनि केन्द्रिय कार्यालय बैठकमा छलफल गरिएको बताउनु भयो ।

नेकपा एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।