Breaking

माओवादीलाई समाप्त पर्न देशी–विदेशी शक्ति लागे: प्रचण्ड


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई समाप्त पार्न देशी–विदेशी शक्तिहरुले षडयन्त्र गर्दै आएको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ठूलो षडयन्त्र अन्तर्गत संसद विघटन भएको खुलासा गर्नुभयो ।

उहाँले माओवादी जनयुद्धको बलमा प्राप्त संघीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिंग अन्तर्गतको षडयन्त्र भएको र सो संघर्षमा केपी ओली एउटा माध्यम भएको बताउनुभयो ।

दोश्रो पटकको संसद् विघटनलाई गठबन्धनको माध्यमबाट असफल तुल्याएको स्मरण गर्दै प्रचण्डले त्यहाँ पनि माओवादी केन्द्रको मुख्य भूमिका रहेको बताउनुभयो ।