Breaking

देउवा र रावलको दोहोरी, ‘जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने चाल’


काठमाडौँ – एमसीसी संसद्बाट पारित भइसकेको छ । एमसीसी पारित हुनुपूर्व जनतमा नाराबाजी आन्दोलन जे जति भए पनि पास भइसकेपछि भने यो सेलाएको जस्तै देखिन्छ ।

तर, हाम्रा देशका नेताहरु भने यसैलाई लिएर अझै जुहारी खेल्न छोडेका छैन् । नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनमा पुगेका देउवाले एमसीसीको विरोध गर्दै आएका एमाले नेता भीम रावललाई दिमाग खुस्किएको सम्म भन्न भ्याए । देउवाले रावल रक्षामन्त्री भएको समयमा एमसीसी मन्त्रिपरिषदबाट पारित भई संसदमा गएकाले रावलले एमसीसीको विरोध गर्नु औचित्यहीन र नैतिकताले नदिने बताए ।

प्रधानमन्त्री देउवाको यो भनाईसँगै नेता रावलले ट्विटमार्फत् जवाफ फर्काएका छन्। रावलले देउवाको आरोप झुटा र उदण्डपूर्ण भएको बताएका हुन् । उनले एमसीसी संसद्मा ल्याएको बेला आफु मन्त्री पदमा नरहेको दावी गरेका छन् ।

‘प्रधानमन्त्री देउवाले भीम रावल रक्षामन्त्री भएको बेला एमसीसी सम्झौता मन्त्रिपरिषदबाट पारित भई संसदमा ल्याएको, अहिले विरोध गरेर दुई जिब्रे कुरा गर्ने, त्यसबेला राजीनामा किन नगरेको, त्यसबेला ‘दिमाग खुस्केको थियो’ भनी नुवाकोटमा भन्नुभएछ। म केपी ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला उप प्रधानमंन्त्री र रक्षामन्त्री थिएँ। ओलीले एमसीसीसँगको सम्झौता संसद्मा ल्याएको बेला होइन,’ रावलको दाबी गर्दै ट्वीटरमा लेखेका छन्।

सार्वजनिक तथ्यको जानकारी नराखी झुटा बोल्ने प्रधानमन्त्रीको ‘होस हराएको’ रावलले आरोप लगाएका छन्।

‘आफ्नै ‘दिमाग खुस्केरु होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने चाल हुनुपर्छ,’रावलको टिप्पणी छ।

देउवा महाकाली र कर्णालीमा देशघात गर्न नहच्किएको रावलको आरोप छ। उनले देउवाजस्तो चरित्र नभएको नेता आफू नभएको भन्दै प्रश्न गरे, ‘म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर टाउको दुखेको हो र ? ‘

रावलले एसीसीबारे आफ्नो संलग्नता बारे बहस गर्न तयार भएको उल्लेख गरेका छन्।

देउवामाथि रावलको आरोपसहितको स्पष्टीकरण: