Breaking

ओलीको राष्ट्रिय भावना र विकास चाहनाले एमालेमा प्रवेश गर्न प्रेरित गर्याे: मेयर सरावगी


काठमाडाैँ – वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जनता समाजवादी पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेको कारण खोलेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उनको विकास प्रतिको चाहनाबाट प्रेरित भएका कारण एमाले रोजेको सरावगीले बताए ।

मेरय सरावगीले विना शर्त आफू एमाले प्रवेश गरेको बताएका छन् । अब पार्टीले आफूले गरेको कामको मूल्यांकन गरेर दिएको जुनसुकै जिम्मेवारी पनि आफूलाई स्वीकार्य हुने उनको भनाई छ ।
उनले भने– ‘म एमाले पार्टी प्रवेश गरेको छु । पार्टी प्रवेश गर्दाखेरि कहिल्यै पनि शर्तसहित जानु हुँदैन भन्ने मलाई लाग्छ । म निःशर्त गएको छु । अब पार्टीले मूल्याङ्कन गर्ने हो । मेरो काम, कारबाही कस्तो रह्यो, मैले कसरी आफ्नो पर्फमेन्स गरे । उहाँहरुले मेयरमा भन्नुहुन्छ, मेयरमा जान्छु । अन्य कुनै पदमा भन्नुहुन्छ भने अन्य पदमा जान्छु । यसको लागि अहिलेदेखि नै मरिहत्ते गर्न मिल्दैन । पार्टीले छिट्टै यो विषयमा निर्णय गर्छ । पार्टीको आदेश अनुसार, पार्टीको टिकट अनुसार म अगाडि बढ्छु ।’

साथै मेयर सरावगीले जसपा छोड्नुको कारण पनि खुलाएका छन् । पाटीले आफूमाथि गरेको दुव्र्यवाहार गरेकै कारण पार्टी छोड्न बाध्य भएको अभिव्यक्ति दिएका हुन् । पार्टीले सरावगीलाई पटकपटक सामाजिक रुपमै मानमर्दन गरेको आरोप लगाएका छन् ।

आफूले पहिले नै दुई पटक पार्टी छोड्न लागे पनि अध्यक्ष उपेन्द्र यादवले रोकेको उनको भनाई थियो ।