राजनीति

विद्युत्को आन्तरिक खपत वृद्धि गर्न काम अघि बढ्यो


काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले विद्युत्को आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडी बढाएको बताउनुभएको छ ।

आज ललितपुरमा आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्व सूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायहरुसँगको सहकार्य र समन्व य’ विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री भुसालले विद्युतको आन्तरिक खपत वृद्धिका लागि सरकारले आवश्यक कदम अगाडी बढाइरहेको बताउनुभएको हो ।

नेपाल नविकरणीय ऊर्जाका लागि दक्षिण एसियाकै केन्द्र बन्न लागेको उल्लेख गर्दै उहाँले जलविद्युत आयोजनाहरुको निर्माणको काम उत्साहित रुपमा अगाडी बढिरहेको बताउनुभयो ।

मन्त्री भुसालले देशको अर्थतन्त्र जलविद्युतको केन्द्रमा रहेको बताउनुभयो । देशभित्रका नीजि क्षेत्र, सबै वित्तिय क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रको समेत लगानी विद्युतमा रहेकाले सो लगानीलाई जोखिममा पर्न दिनु नहुने उहाँले बताउनुभयो ।