राजनीति

जसपाको पनि चुनावी अभियान सुरु, हरेक गाउँपालिकामा कम्तिमा एक जना केन्द्रिय सदस्यलाई खटाउने


काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका खेल्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

आज बसेको पार्टीको केन्द्रिय कमिटी बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका खेल्न निर्देशन दिनुभएको हो ।

यादवले प्रत्येक केन्द्रिय सदस्यहरुलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान शुरु गर्न लगाइने बताउनु भयो ।

त्यस्तै पार्टीका केन्द्रिय सदस्य अर्जुन थापाले पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले पारित गरेको निर्वाचन निर्देशिकाअनुसार आगामी स्थानीय निर्वाचनमा सहभागी हुने बताउनु भयो ।

जसपाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर हरेक गाउँपालिकामा कम्तिमा एक जना केन्द्रिय सदस्यलाई खटाउने योजना रहेको पनि जनाएको छ ।