काठमाडौँ फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों र अमेरिकी समकक्षी जो बाइडेन रुसमथि थप प्रतिबन्ध लगाउन सहमत भएका छन् । आइतबार भएको फोन वार्तामा रुसमाथिको प्रतिबन्ध बढाउन उनीहरु सहमत भएको फ्रान्सको राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ । वार्ताको क्रममा रुसको आक्रमणको सामना गरिरहेको युक्रेनलाई दुवै मुलुकले समर्थन गरेका थिए । साथै उनीहरुले युद्ध नियन्त्रणको लागि आवश्यक कदम चाल्ने प्रयास सुरु गर्ने विषयमा छलफल गरेका थिए ।
म्याक्रोंले युद्धमा मारिएका अमेरिकी पत्रकार ब्रेन्ट रेनाउडप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । दुवै नेताले थप प्रतिबन्ध लगाउने घोषणा गरे पनि अबको प्रतिबन्ध कस्तो किसिमको हुने भन्ने स्पष्ट छैन । यसैबीच म्याक्रोंले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि कुराकानी गरेका छन् । वार्तामा उनले युक्रेनलाई युरोपेली संघ (ईयू) को तर्फबाट थप सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


प्रतिक्रिया