विदेश

रुसको कब्जामा परेको युक्रेनी शहरमा खानेकुरा र पानीको अभाव


काठमाडौँ — रुस र युक्रेनबीच युद्ध सुरु भएपछि हालसम्म रुसी सैन्य फोर्सले कयौं शहर र गाउमा कब्जा गरेका छन् । भने, यी इलाकामा फसेका मानिसहरु सहयोगका लागि गुहार माग्दै छन् । बम बारीका साथै यी स्थानमा बस्ने मानिसलाई चिसो मौषम र खाद्यान्नको संकटको खतरा पनि रहेको छ । यसै कारणले युक्रेनको मारियुपोल शहर र राजधानी किभको पश्चिम र उत्तरका गाउँमा एक भयानक मानवीय संकट खडा भएको देखिन थालेको छ ।