काठमाडौँ — चर्चित बंगाली अभिनेत्री तथा टेलिभिजन स्टार रुपा दत्ता पकेटमारको अभियोगमा पक्राउ परेकी छन् । उनलाई कोलकातामा आयोजित अन्तर्राष्ट्रिय पुस्तब मेलामा पैसा चोरी गरेको आरोपमा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटना शनिबार राति भएको हो । एक महिलाले फोहोरमै झोला फालेको देखेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सोधपुछका क्रममा अभिनेत्रीको पहिचान भएको थियो ।
सोधपुछका क्रममा प्रहरीले दत्ताको झोलामा ७५ हजार रुपैयाँ फेला पारेको थियो । प्रहरीले सुरुमा अभिनेत्रीले पैसा आफ्नो भएको दाबी गरे पनि अन्ततः पकेट मारेको चोरेको स्वीकार गरेकी थिइन्। रूपा दत्ताले बलिउड निर्देशक अनुराग कश्यपले सामाजिक सञ्जालमा अश्लील सन्देश पठाएको आरोप लगाएकी थिइन् तर अनुसन्धानले अभिनेत्रीको उजुरी झुटो भएको खुलेको थियो।


प्रतिक्रिया