Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

कांग्रेस सर्लाही सभापतिमा सिंह विजयी


काठमाडौँ नेपाली कांग्रेसको सर्लाही जिल्ला सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन् । सिंह संस्थापन पक्षका हुन् । उनले १७५८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी लक्ष्मण रायले १३७८ मत ल्याए । यस्तै उपसभापतिमा डाक्टर सरोज कुमार ९राजु० १७६४ मत र नवीप्रसाद अधिकारी १४९३ मतका साथ विजयी भएका छन् । उपसभापतिका अन्य दुई उम्मेदवार शेष सहदुल्लाहले १४७४ र रविनन्दन चौधरीले १३१४ मत पाए ।

यस्तै सचिवमा निरज कार्की १७२६ र मनोजकुमार यादव १४२६ मतका साथ विजयी हुँदा उनीहरूका प्रतिस्पर्धी कष्णराज रायमाझीले १४१२ र नरेन्द्र भट्टराईले १३९९ मत पाए । सहसचिवमा इन्द्रबहादुर योञ्जनले १७११ मत र सुनिलकुमार कुशवाह १५७९ मतका साथ निर्वाचित भए । सहसचिवका उम्मेदवार सूर्यबहादुर खड्काले १३६५ दिनेश मिश्रले १२३७ मत पाए ।