Breaking

किन नेतृत्वको आँखो बन्छन् सर्जक सिर्जना ?, ‘प्रकाश सपूतले युट्युवबाट गीत हटाउनै पर्छ’


काठमाडौँ – यतिवेला लोक गायक प्रकाश सपुतको गितले माओवादी केन्द्रमा सानो तिनो भूकम्प नै आएको छ । माओवादीको दशवर्षे सशस्त्र युद्ध र त्यसपछि लडाकुले भोगेका वास्तविकताको यर्थाथ चित्रण गरिएको प्रकाशको गीत ‘पिर’ले माओवादीलाई साचिनै पिर दिएको छ ।

उक्त गितलाई लिएर पक्ष र विपक्षमा मतमतान्तर बढ्दो छ भने भिडियोमा देखाईएको देह व्यापार गर्न बाध्य पूर्व लडाकुले दृश्यलाई बढि उछालिएको छ । निर्वाचनको मुखमै कुनै अमुक दलमात्र लक्षित यस्ता गीतले माओवादी नेताहरुकै भनाईमा जनयुद्ध र महान लडाकुप्रति हिलो छ्यापेको आरोप लगाईएको छ ।

अनि धेरैले चाँहि यो माओवादी आफ्नो लक्ष्य र सिद्धान्तबाट च्यूत हुँदै जाँदा हिजो देखाईएको सपना पुरा नहुँदा पुर्व लडाकुहरुले भोगिरहेको वास्तविक चित्र हो भन्दै प्रशंसा गरेका छन् ।