खेलकुद

राखेप सदस्य सचिव सम्बधन्मा परेको रिटको सुनुवाई फेरि सर्याे


काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवको नियुक्ति र बर्खास्ती सम्बन्धि सर्वोच्चमा परेको रिटको सुनुवाई पुनः सरेको छ ।

सुनुवाईलाई सर्वोच्चले आज स्थगित पेशीको सूचीमा राखेको छ । सरकारले राखेपका तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरि टंकलाल घिसिङलाई नियुक्त गरेको थियो ।

तर, सिलवालले सरकारको निर्णयविरुद्ध मुद्दा दर्ता गरेका थिए । सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।