राजनीति

भाडा समायोजन नगरे चैत ८ देखि एकतर्फी भाडा बढाउने यातायात व्यवसायीको चेतावनी


काठमाडौँ – सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए अनुसार चैत ७ सम्म सार्वजनिक यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने यातायात व्यवसायीले चेतावनी दिएका छन् ।

पछिल्लो समय पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा समेत सरकारले भाडा समायोजन नगरेको भन्दै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरिरहेका छन् ।

उनीहरुले तत्काल सरकारले भाडा समायोजन नगरे आफै एकतर्फी रुपमा भाडा बढाउने चेतावनी दिएका छन् ।

वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत ९. ०३, ट्रक (पहाड) को ११ .८२ र ट्रक (तराई) को १३ .१३ प्रतिशत लागत वृद्धि भएको बताउनु भयो ।