राजनीति

एकीकृत समाजवादीका १४ सांसदको वैधानिकतासम्बन्धी मुद्दामा चैत २० गते पूर्ण सुनुवाइ हुने


काठमाडौँ – सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको वैधानिकतासम्बन्धी मुद्दामा एकै पटक अन्तिम सुनुवाइ गर्ने भएको छ ।

आज न्यायाधीशद्वव्य ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले यो मुद्दामा उठाइएका संवैधानिक र कानुनी प्रश्नको निरुपण छिटो छरितो रुपमा हुनु मनासिव देखिएको भन्दै चैत २० गते पेशी तोकी पूर्ण सुनुवाइ गर्ने आदेश दिएको हो ।

माधव नेपालसहितका सांसदलाई नेकपा एमालेले गरेको कारबाहीलाई मान्यता नदिएपछि अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलगायत विरुद्ध सर्वोच्च अदालतमा रिट दिनुभएको थियो । त्यसैको रोष भने एमालेले विगत ६ महिनादेखि प्रतिनिधिसभा बैठकमा पोख्दै आएको छ ।