राजनीति

काँग्रेसको चुनावी अभियान: ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’


काठमाडौँ – नेपाली काँग्रेसले एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ । आज नेपाली काँग्रेसले एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो ।

एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शुरु भएको जानकारी गराउँदै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि पुनः अर्को चरणको अभियान शुरु गर्ने बताउनु भयो । उहाँले जनताले सिधै नेपाली काँग्रेसलाई सत्ता निर्वाचनमा जिताएर सत्ता सुम्पिन आग्रह गर्नुभयो ।

महामन्त्री शर्माले जनताले कम्युनिष्ट पार्टीलाई सत्ता सुम्पिने र कम्युनिष्टहरुले काँग्रेसलाई सत्ता सुम्पिने गरेको उल्लेख गर्दै सिधै जनताले नेपाली काँग्रेसलाई निर्वाचनबाट जिताउन आग्रह गर्नुभयो ।

महामन्त्री शर्माले नेपाली काँग्रेसको यो अभियानमा आफ्नो पार्टीका मात्रै कुरा सुनाउने नभइ जनताका आवाज, जनताका चाहनाहरुको बारेमा पनि जनभावना सुन्ने बताउनु भयो ।