Breaking

प्रधानन्यायधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि चैत २ गते छलफल हुने


काठमाडौँ – प्रतिनिधिसभा बैठकमा प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव पेस भएको छ ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका बीच जारी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबराविरुद्धको महाअभियोग प्रस्ताव पेस गर्नुभएको हो ।

उहाँले प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउनुपर्ने कारणसहितको प्रस्ताव बैठकमा पेस गर्नुभएको थियो । प्रस्ताव पेस गर्ने क्रममा प्रमुख सचेतक गुरुङले जबराले स्वतन्त्र न्यायपालिकाको सिद्धान्त विपरीत काम गर्न खोजेको उल्लेख गर्नुभयो ।

यसससँगै प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्ने गरि स्थगित भएको छ ।