Breaking

सिन्धुपाल्चो कांग्रेस अधिवेशन : सभापति चयन गर्न फेरि चुनाव हुँदै


काठमाडौँ — सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको जिल्ला सभापति चयन गर्न फेरि चुनाव गर्नुपर्ने भएको ।

पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमा कसैले पनि कूल मतको ५० प्रतिशत कटाउन नसकेपछि कांग्रेसको विधान बमोजिम पुनः निर्वाचन गर्नुपर्ने भएको हो ।

पहिलो चरणको चुनावमा संस्थापन पक्षका उम्मेदवार जंगबहादुर तामाङले ७ सय ५, संस्थापनइतर पक्षका वंशलाल तामाङले ६ सय २९ र डा. प्रेमध्वज लामाले ४९३ मत पाएका थिए ।

अब हुने दोस्रो चरणको मतदानमा पहिलो चरणमा पहिलो र दोस्रो हुने दुई उम्मेदवारबीच मात्र प्रतिस्पर्धा हुन् । अर्थात् अब जंगबहादुर र वंशलालबीच चुनावी प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणको निर्वाचन आजै गर्ने तयारी भइरहेको कांग्रेसले जनाएको छ ।