Breaking

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौँ — प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज  (आइतबार) दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे प्रतिनिधि सभा बैठकमा छलफल हुने भएको छ ।

बैठकमार्फत महाभियोग प्रस्तावबारे छलफल गर्ने दिन र समय निर्धारण गरिने भएको हो ।

महाभियोग प्रक्रिया अघि बढाउन प्रतिनिधिसभाले यसअघि नै महाभियोग अध्ययन तथा सिफारिस समिति गठन गरिसकेको छ । सत्तागठबन्धनका सांसदहरूले जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएका हुन्। यसपछि जबरा प्रधानन्यायाधीश पदबाट स्वतः निलम्बन भएका छन् ।