Breaking

चुनावको रौनक-गाउँ पसे ओली–प्रचण्ड, सिंहदरबार विरलै जाने देउवालाई भ्याईनभ्याइ (भिडियोसहित)

बैशाख ३० को तयारी


काठमाडौँ — स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक नेतृत्वमा सरगर्मी चढेको छ । यसअघि शहरकेन्द्रीत बनेका नेताहरु अब गाउँ पस्न थालेका छन् ।उनीहरुको सक्रियता एकाएक बढेको छ ।

घडीले बिहानको ११ बजाउँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौंको एक मञ्चबाट विपक्षी र सरकारमाथि तिर हानिरहेका थिए । सत्ता गठबन्धन, निर्वाचन, सरकार र सरकारका मन्त्रीहरु उनको निशानामा थिए ।

जब दिउँसो भयो, घडीको सुई करिब एक बजेको आसपासमा पुग्यो । एमाले अध्यक्ष ओली पर्साको वीरगञ्जमा झुल्किए ।स्थानीय तहको निर्वाचन बैशाख ३० मै हुनेभएपछि देख्नेलाई समेत पत्याउनै मूस्किल पर्ने गरि एमाले अध्यक्ष ओलीकोव्यस्तता बढेको छ ।जबकि ओलीकोदौडधुप शुक्रबारमात्रै पोखरा शहरमा केन्द्रीत थियो । त्यसअघि नै मोरङ पुगेर उनले रंगेली नगरपालिकाका मेयर र उपमेयरलाई पार्टी प्रवेश गराएका थिए । शनिबारमात्रै पर्सा पुगेर ओलीले वीरगञ्ज महानगरपालिका मेयर, चार वडाध्यक्ष र एक गाउँपालिका अध्यक्षलाई पार्टी प्रवेश गराएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत आफ्नो दौडधुपलाई लगालग बढाएका छन् ।शुक्रबार सुर्खेतमा पुगेर कार्यकर्ता प्रशिक्षण चलाएका प्रचण्ड, दिनभर त्यही व्यस्त बने ।र सुर्खेतमै विरोधीहरुको निशाना प्रचण्डमाथि प¥यो । कार्यकर्ताकै बीचमा रहेका प्रचण्डलाई ढुंगा प्रहार भएको र प्रचण्ड कुटिएको खबर दिनभर भाइरल भएपछि उनले स्पष्टीकरण नै दिनुप¥यो ।

सुर्खेतबाट सोझै नुवाकोट हानिएका प्रचण्ड शनिबार दिनभर पार्टी गतिविधिमै केन्द्रीत बने ।मुलतः निर्वाचनमा कसरी जित्ने भन्ने अभियानलाई नै प्रमुख बनाएर उनको दौडधुप चलिरहेको छ ।

अब काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको कुरा गरौं ।कमै मात्र राजधानी बाहिर जाने र काठमाडौंमै भएका कार्यक्रममा समेत देउवाको उपस्थिति कम रहन्छ । तर यतिबेला उनलेसमेत दिनमा दुईचार वटा मञ्चलाई काठमाडौंमै सम्बोधन गरिरहेका छन् । बालुवाटारबाट सिंहदरबार पनि विरलै जाने देउवाविहिबार त पर्सा नै पुगेर पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न भ्याए ।

यी प्रमुख तीन पात्र झैँ अन्य दलका अन्य नेतासमेत आ–आफ्नैरणनीतिका साथ दौडधुप चलाइरहेका छन् । निर्वाचनलाई आफ्नो पल्लामा पार्नरोग, भोक र शोक नभनी नेताहरुको दौडधुप चलिरहँदा स्थानीय तहको निर्वाचनको सरमर्गी बढेको स्पष्टै छ ।

स्थानीय तहको निर्वाचन आगामी बर्षको बैशाख ३० मा हुँदैछ ।कसले कसका कार्यकर्ता बढी तान्ने होड सुरु भएको छ । कसले कसलाई कति प्रलोभनमा पार्ने प्रतिस्पर्धा चलिरहेको छ ।मुलतः झण्डै पाँच बर्ष अघि गाउँबाट हराएका नेताहरु निर्वाचन आएसँगै गाउँ पस्न थालेका छन् ।