समाचार

सिमकोट तल्ला गाउँमा आगलागी


काठमाडौँ — हुम्लाको सदरमुकाम सिमकोटस्थित तल्ला गाउँमा आगलागी भएको छ । बालबालिकाले खेल्दै गर्दा स्याउलाको खातमा सल्काएको आगोले एक गोठ जलेर नष्ट भएको छ ।

आगलागीबाट वसन्त रोकायाको खर र दाउरा तथा पदम रावत र चक्र रावतको दाउरासमेत जलेर नष्ट भएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले स्थानीय, प्रहरी र सशस्त्र प्रहरी मिलेर आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।