Breaking

बाबुरामको राजनीतिक प्रतिवेदनमाथि मधेस प्रदेशका मन्त्रीको आपत्ति


काठमाडौँ — जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमाथि मधेस प्रदेशका मन्त्रीहरूले आपत्ति जनाएका छन् ।

अध्यक्ष भट्टराईले मधेस सरकारको उपलब्धिबाट पूर्ण सन्तुष्ट हुने अवस्था नरहेको प्रतिवेदनमा उल्लेख गरेको विषयमा मधेस प्रदेशका मन्त्रीहरूले आपत्ति जनाएका हुन् ।

समूहमा छलफल हुने क्रममा मधेस प्रदेशका एक मन्त्रीले पार्टीकै शीर्ष नेताले आफ्नो राजनीतिक प्रतिवेदनमा यस्तो कुरा उल्लेख गरेपछि अरूले बोल्ने ठाउँ पाउने उनीहरुको भनाइ थियो । मधेस सरकारले कहाँ के गर्न सकेन भन्ने उल्लेखै नगरी सन्तुष्ट नरहेको भन्नु पूर्वाग्रही टिप्पणी रहेको ती मन्त्रीले भनेका छन् ।