Breaking

वीरगञ्जका मेयर विजय सरावगी एमाले प्रवेश, ओलीले गरे स्वागत


काठमाडौँ — मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्जका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसमेत रहेका मेयर सरावगी शनिबार एमालेमा प्रवेश गरेका हुन् ।

उनलाई अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्ज पुगेर पार्टीमा भित्र्याएको एमाले पर्साका अध्यक्ष प्रभु हजाराले जानकारी दिए । उनले मेयर सरावगीले ११ जना वडाध्यक्ष र दुई जना महानगरपालिकाका बोर्ड सदस्यसहित एमाले प्रवेश गरेको जानकारी दिए ।