Breaking

बारा कांग्रेस अधिवेशन : नेतृत्व चयनका लागि आइतबार मतदान हुने


काठमाडौँ — नेपाली कांग्रेसको बारा जिल्ला सभापति चयनका लागि आइतबार दोस्रो चरणको मतदान हुने भएको छ । शनिबार तय भएको मतदान एक दिन पछि सारिएको निर्वाचन समितिले जनाएको छ ।

शुक्रबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो । आइतबार विहान ८ बजेदेखि मतदान गर्ने तयारी छ ।