विदेश

कीभदेखि रुसी सेना मात्र २५ किलोमिटर टाढा


काठमाडौँ — पछिल्लो गुप्तचरको सूचनाको आधारमा बेलायतको रक्षा मन्त्रालयले युक्रेनको राजधानी कीभको सहरी केन्द्रबाट रुसी सेनाको टुकडी मात्र २५ किलोमिटर टाढा रहेको बताएको छ । मन्त्रालयले राजधानीको उत्तरपट्टि रहेको रूसी सेनाको ठूलो समूहलाई विभिन्न टुकडीहरूमा विभाजन गरिएको बताएको छ । यसले शहरलाई घेर्न मद्दत गर्ने उद्देश्यले गरिएको हुनसक्ने बेलायतको भनाइ छ ।

‘रूसी सेनाले युक्रेनको प्रति आक्रमणमा कम क्षति भोग्नका लागि पनि यो रणनीति हुनसक्छ किनभने यसले युक्रेनी सेनाको आक्रमणबाट धेरै क्षति भोगिसकेको छ’ मन्त्रालयको भनाइ छ । यसबाहेक देशको चार्नीहेव, खर्कीभ, मारियुपल र सुमीलाई रुसी सेनाले घेरा हालेको छ र यी शहरहरुमा लगातार आक्रमण भइरहेको छ ।