Breaking

जसपा संघीय परिषद् बैठक बस्दै


काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् बैठक आज बस्दैछ । थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा बैठक केही बेरमा सुरु हुँदैछ ।

बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । संघीय परिषद् बैठकपछि जसपाले फागुन २९ र ३० गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बैठकमा पार्टीभित्रको विवादको विषयमा छलफल हुनेछ । पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव एकलौटी ढंगले चलेको भन्दै संघीय परिषद् अध्यक्ष भट्टराई पक्षले पार्टीभित्र मोर्चाबन्दी गरिरहेका छन् । अध्यक्ष यादवविरुद्ध हस्ताक्षर संकलन समेत गरिसकेका छन् ।

साथै, बैठकमा संघीय परिषद्ले पारित गरेको अध्यक्ष भट्टराईको प्रतिवेदन, आसन्न स्थानीय तहको निर्वाचन, पार्टीको विधान सम्मेलन, गठबन्धनलगायतको समसामयिक विषयमा छलफल गर्ने जनाइएको छ ।