Breaking

कोकाकोलाविरुद्ध ३ अर्ब ७१ करोड भन्दा बढी कर छलीको मुद्दा दायर


काठमाडौँ – बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर भएको छ । ३ अर्ब ७१ करोड भन्दा बढी कर छलीको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर भएको हो ।

राजस्व अनुसन्धान विभागले दायर गरेको मुद्दामा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी कुल ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ असुलउपर गरिनुपर्ने उल्लेख छ ।

विभागले २०७१ सालमा कम्पनीको सेयर विक्री गर्दा भएको लाभको कर नबुझाएको भन्दै कुल ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४ सय ११ रुपैयाँ बिगो र त्यसको सत प्रतिशत जरिवाना गरेर कुल ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर भएको उच्च अदालत पाटनले जनाएको छ ।