Breaking

मौसम : पहाडी भू-भागमा वर्षाको सम्भावना


काठमाडौँ — नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको न्यून प्रभाव छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आज पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रवार बिहान देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सामान्यतः सफा रहेको छ । दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अन्य भू-भागको मौसम भने सामान्यतः सफा रहने छ । गण्डकी, बागमती र प्रदेश १ को उच्च हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।