काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषदका सबै मन्त्रीले मरणोपरान्त आफ्ना अंग दान गर्ने घोषणा गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीले मृत्युपछि आवश्यक परेका अन्य मानिसका लागि आफ्ना अंग प्रदान गर्ने निर्णय गरेका हुन् ।
हिजो बिहीबार विश्व मिर्गौला दिवसका अवसरमा प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबैले मरणोपरान्त अंग दान गर्ने घोषणा गरेका हुन् । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भनेकी छन्, ‘आँखा, किड्नी, फोक्सो, प्याङ्क्रियाज, सानो आद्रा, मुटु, कलेजोजस्ता अंग मृत्युपश्चात् अर्को व्यक्तिलाई काम लाग्छ, त्यसैले मानव अंग दान गरौं भन्ने सन्देशसहित विश्व किड्नी दिवस मनायौं । यो अवसरमा नेपाल सरकारले मानव अंग दान गर्न आह्वान गरेको छ।मैले पनि मेरा सुन्दर अंग दान गर्ने घोषणा गरेँ ।’


प्रतिक्रिया