Breaking

र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेस गर्ने सरकारको तयारी


काठमाडौँ – सरकारले र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेस गर्ने तयारी गरेको छ । युवा पुस्तामाझ लोकप्रीय बन्दै गएको र्‍याफ्टिङलाई राष्ट्रिय खेलको मान्यता दिए पर्यटन क्षेत्रको समेत विकास हुने विश्लेषण गरिएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार रहेको बताएका छन् । बुधबार त्रिशुली नदिमा भएको १९ औं हिमालय राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप प्रतियोगिता कार्यक्रममा बोल्दै मन्त्री गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग छदफल गरिरहेको बताए ।

उनले खेललाई मनोरञ्जनको रुपमा मात्रै नभएर उद्योगसँग जोड्नु पर्ने आवश्यकता रहेको समेत बताए । मन्त्री गहतराले नेपाललाई समृद्ध बनाउने महत्वपूर्ण आधार भनेकै प्रकृति र संस्कृतिको प्रयोग भएको भन्दै मन्त्री गहतराजले र्‍याफ्टिङ खेल प्रकृतिसँग जोडिएकाले गुरुयोजनाको रुपमा विकास गर्नु पर्ने धारणा राखे ।

र्‍याफ्टिङ लगायत अन्य जलासय युक्त खेलमा काठमाडौंबाट नजिकमा रहेका त्रिशुली, सुनकोसी र भेटेकासीलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गर्ने आश्वासन समेत दिए । त्यस्तै, नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले र्‍याफ्टिङ खेल एक साहसिक खेल भएकाले खेलाडीको क्षमता विकास गदै जानु पर्ने बताए ।

उनले र्‍याफ्टिङ खेलाडीको क्षमता विकासको लागि पर्यटन बोर्डले विगतदेखि आर्थिक सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गदै जाने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, पर्यटन अभियन्ता मेघ आलेले त्रिशुली नदिमा कोरोना महामारीपछिको पहिलो १९ औं हिमालय राष्ट्रिय ¥याप्mटिङ च्याम्पियनसिप भएको र पर्यटन क्षेत्रको विकास हुने दावी गरे ।

तर, अहिले क्रिशुली नदिमा रिभर पर्यटनको लागि अबौं लगानी भए पनि र्‍याफ्टिङको लागि महत्वपूर्ण स्थानमा विद्युतको लागि ड्याम बनाउने योजनाले समस्या आएको उनको गुनासो छ ।

त्यस्तै ¥याप्mटिङ खेलाडी हरि आलेले त्रिशुली नदिको संरक्षण नभएर नदिलाई दुषित बनाउने काम भएले ¥याफटिङ गर्ने वातावरण नभएको गुनासो गरे । उनले, त्रिशुलीको र्‍याफ्टिङ गर्ने महत्वपूर्ण क्षेत्रमा विद्युतीय ड्याम बनाउने भएकाले खेलाडिको भविष्य नै समाप्त हुने चेतावनी दिए ।

हाल त्रिशुली नदिमा १९ औं हिमालय राष्ट्रिय ¥याप्mटिङ च्याम्पियनसिप प्रतियोगिता भैरहेको छ । ३ बर्ष पछि भैरहेको प्रतियोगिताले पर्यटन क्षेत्र चलयामान हुने विश्वास गरिएको छ ।