काठमाडौँ – पछिल्लो दुई हप्ता देखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचकमा आज भने उच्च अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ५२.३१ अंकले बढेर २ हजार ५६६.९० विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
नेप्से परिसूचक ५० अंक भन्दा बढीले बढेपनि कारोबार रकममा भने खासै सुधार भएको छैन । नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ ।
प्रतिक्रिया