Breaking

थप १०५ मा कोरोना संक्रमण, ५ हजार ३४० सक्रिय संक्रमित


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३२८ जनामा परीक्षण गर्दा एक सय १२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

यस्तै संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्यमा झरेको छ । यस्तै, ४२९ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमित ५ हजार ३४० जना रहेका छन् ।