Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

संखुवासभा (अपडेट) घाइते लिन सेनाको हेलिकप्टर पुग्यो


काठमाडौँ — संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनामा परेर घाइतेलाई उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर आइपुगेको छ । १४ जनाको मृत्यु हुने गरी भएको दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचार गर्न काठमाडौं लैजान सेनाको हेलिकप्टर आइपुगेको हो ।

घाइते हुनेमा मादी–५ का सुवास गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् । संखुवासभाको मादी नगरपालिका– ६ मा बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो ।

बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने डिएसपी सुवेदीले बताए । बस दुर्घटनामा मृत्यु हुने १४ जनामध्ये १० जनाको पहिचान खुलेको छ ।