Breaking

संखुवासभामा बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो


काठमाडौँ — संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुवाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

आज बिहान मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा बा ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले बताएको छ।

बसमा करिब २५ जना रहेको अनुमान छ । प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले १३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । घाइतेको उद्धार गरिएको उनले बताए ।

‘अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । घाइतेको उद्धार गर्दैछौं । केही घाइतेलाई उद्धार गर्न हेलिकोप्टर मगाइएको छ,’ उनले भने । केही यात्रुलाई जिवितै उद्धार गरिएको छ ।