Breaking

दक्षिण कोरियाको राष्ट्रपति निर्वाचनमा विपक्षी दलका नेता निर्वाचित


काठमाडौँ — दक्षिण कोरियाका विपक्षी पार्टीका उम्मेदवार यूङ सुक योल आगामी कार्यकालको लागि राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

बिहीबार बिहान सार्वजनिक भएको मतपरिणमअनुसार सत्तारुढ पार्टीका ली जाइ म्युङ पराजित भएका हुन् । आगामी राष्ट्रपतिको लागि भएको निर्वाचनमा जित हात पारेसँगै यूङ सुक योलले यो जित दक्षिण कोरियाका महान जनताहरुको रहेको बताए ।

बुधबार भएको निर्वाचनमा अहिलेसम्मकै धेरै मानिसले मतदान गरेका थिए। योग्य मतदातामध्ये ७५ प्रतिशतभन्दा धेरैले निर्वाचनमा मतदान गरेका थिए ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले यूङलाई राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका छन् ।