Breaking

भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा प्राप्तीका लागि निवेदन दिन आग्रह


काठमाडौँ — सरकारले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेलाई जग्गा उपलब्ध गराउने भएको छ ।

सातवटै प्रदेशमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेलाई जग्गा उपलब्ध गराउने भन्दै सम्बन्धित व्यक्तिलाई निवेदन दिन राष्ट्रिय भूमि आयोगले आग्रह गरेको छ ।

आयोगले ३५ दिनभित्र सम्बन्धित कार्यालयमा जग्गा प्राप्तीका लागि निवदेन दिन भनेको छ । आयोगले तोकेको मापदण्ड पूरा गरेर निवेदन दिन स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवदन दिन भनेको छ ।

निवेदन २०७८/११/२६ देखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत पेस गर्नुपर्नेछ ।