Breaking

नेतृत्वको कुटनीतिक रवैया,संकट उन्मुख कुटनीतिक क्षेत्र


काठमाडौँ – हरेक सार्वभौम मुलुकका लागि कुटनीति अति महत्वपूर्ण र संवेदनशील विषय हो । बदलिँदो धुर्विकृत विश्व परिवेश र भू–राजनीतिक अवस्थितिका कारण कुटनीतिक मामिलामा नेपाल अझ अब्बल र चनाखो हुन आवश्यक छ । तर कुटनीतिक संवेदनशीलताप्रति नेतृत्वको अदुरदर्शिता र गिजोलिएको आन्तरिक राजनीतिले मुलुकको कुटनीतिक क्षेत्र थप संकट उन्मुख देखिएको छ ।

बुधबार फ्रान्सेली प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटघाट गरे भने पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चीनिया राजदुत होउ यान्छीबीच भेटवार्ता भएको छ । विदेशी नियोगले भेट्ने भन्यो, अनि हाम्रा नेतृत्वले आफुखुशी भेटवार्ता गरे ।

कूटनीतिक आचारसंहिता २०६८ ले कूटनीतिक मर्यादा एवं अन्तर्राष्ट्रिय प्रचलनअनुरूप विदेशी नियागसँग हुने औपचारिक भेटघाट, सम्पर्क, वार्ता, सम्बन्ध र सञ्चारलाई अझ व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न दिशा निर्देश गरेको छ । तर हाम्रो कुटनीतिक अभ्यासमा न त परराष्ट्रका प्रतिनिधिलाई उपस्थित गराउइन्छ, न भेटपछि जानकारी नै गराइन्छ ।

विदेशी नियोगका प्रमुख तथा राजदुतहरुलाई प्रधानमन्त्री आफै जुन बेला भन्यो त्यहि बेला भेट दिन्छन । जसले नेपालका नेतृत्वहरुले जुनसुकै बेला जो कोहिलाई भेट दिन्छन भन्ने मान्यता कुटनीतिक नियोगको बुझाइ स्थापित भएको छ ।

नीति निर्माताहरुले नै कुटनीतिक आचारसंहिताको धज्जी उडाईरहेको रहेको प्रष्ट छ । कुटनीतिक क्षेत्र सञ्चालन गर्ने परराष्ट्र मन्त्रालय आफै निरिह बनेको छ । लामो समय गौण रहेको परराष्ट्र मन्त्रालय रसिया–युक्रेन घटनाका कारण आलोचनाको शिकार बन्नु प¥यो ।

युक्रेन घटनामा अपरिपक्व प्रेश विज्ञप्ती र नेपाली विद्यार्थीको उद्धारमा भारतले सहयोग गरेको अभिव्यतिmका कारण परराष्ट्रमन्त्री नारायण खड्कको चर्को आलोचना भयो ।

आलोचनाकै बीच मन्त्री खड्काले सोमबार परराष्ट्र मन्त्रालय पत्रकार सम्मेलन गरे । सम्मेलनमा विदेशबाट छिट्टै राष्ट्रप्रमुख वा प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमण हुने र खास समय आएपछि सो उच्चस्तरीय भ्रमणबारे जानकारी दिए बताए ।

युक्रेनमाथि रुसको आक्रमणले विश्व शान्ति खल्बल्याउने हुँदा ठूला र साना देशको सम्बन्ध पनि खल्बलिने भएकाले नेपालले असंलग्न परराष्ट्र नीतिमै अडिएर त्यस सम्बन्धमा वक्तव्य निकालेको प्रष्ट पारे । परराष्ट्र मन्त्रालयको औचित्य माथी नै प्रश्न उठिरहेको बेला कुटनीतिक क्षेत्र लथालिङ्ग बन्नुमा शीर्ष नेतृत्व र उनीहरुको प्रवृत्ति भएको कतिपयको विश्लेषण छ ।

मुलुक कुटनीतिक हिसावले संकटपूर्ण अवस्थामा छ । तर यसवारे न त मन्त्रालय न त नेतृत्व नै सचेत छन् । कुटनीतिक क्षेत्रको वेथितिको जिम्मेवार नेतृत्व नै हुन् । उनीहरुसँग सुधारको कुनै खाका छैन ।

मन्त्रालयको निष्किृयता र औचित्यमाथी नै चर्को आलोचना हुँदै गर्दा देशको परराष्ट्र नीति, राष्ट्रिय हित लगायतका विषयलाई स्पष्ट पार्न नियमित पत्रकार सम्मेलन गर्ने निचोडमा पुगेको परराष्ट्र मन्त्रालय पुगेको छ । मन्त्रालयको यो योजनापछि कुटनीति क्षेत्र थप सवल बन्ला ? यसको जवाफ आगामी दिनमा प्रष्ट हुने नै छ ।