समाचार

पत्नीसहित ससुरा र सालोमाथि चक्कु प्रहार


काठमाडौँ – दैलेखमा आफ्नै पत्नीमाथि चक्कु प्रहार गरिएको छ । नारी दिवसको पूर्वसन्ध्यामा सोमबार २४ वर्षीया सावित्रा शाहीमाथि उनका पति २७ वर्षीय बखतबहादुर शाहीले चक्कु प्रहार गरेका हुन्।

नारायण नगरपालिका–११ बस्ने दम्पत्तीको घरमा दैनिक जसो झगड भइरहन्थ्यो । पतिको कुटपिट र दुव्र्यवहार धेरै नै हुन थालेपछि पुसको २९ गते देखि सावित्रा नौमूले गाउँपालिका–८ चौराठास्थित माइतीघरमा बस्दै आएकी थिइन् । बखतले हिजो ससुरालीमा नै पुगेर एक्कासी सावित्रामाथि चक्कु प्रहार गरेका थिए ।

बखतले सावित्राका बुबा र १४ वर्षीय भाईलाई चक्कु प्रहरा गरेका छन् । अहिले उनीहरुलाई दैलेख अस्पताल पुर्याएको छ । अस्पताल लानुअघि उनीहरुलाई प्राथमिक उपचारकालागि गाउँकै मेडिकलमा लगिएको थियो ।

सावित्रासहित उनका बुबा बमबहादुर र भाइ सुरेशको दैलेख अस्पतालमा उपचार भइरहेको छ । पीडित पक्षले मंगलबार दिएको ‘ज्यानमार्ने उद्योग’सम्बन्धी जाहेरीका आधारमा आरोपित बखतबहादुर शाहीलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ। ब

खतलाई प्रहरी हिरासतमा राखिएको र थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए।