काठमाडौँ – बलरहरुले उच्च प्रदर्शन गरेपछि श्रीलंका भ्रमणमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा नेभी स्पोटर््स क्लबलाई पराजित गरेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले श्रीलंका नेभीलाई ८१ रनले पराजित गरेको हो ।
नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेभी ३०.५ ओभरमा १ सय १५ रनमा अल आउट भयो । नेपालका लागि स्पिनर पवन सरार्फले ३ र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । सन्दीप लामिछाने, विक्रम सोब र कुशल भुर्तेलले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको नेपाल ४३.४ ओभरमा १ सय ९६ रनमा अल आउट भएको थियो । नेपालले अर्को सातापछि युनाइटेड अरव इमिरेट्स (युएई) मा हुने आइसिसी विश्वकप लिग –२ को तयारीको लागि चार अभ्यास खेल खेल्न श्रीलंका गएको हो ।
प्रतिक्रिया