काठमाडौँ — फिफा विश्वकप छनोट अन्तर्गत युक्रेन र स्कटल्याण्ड बीचको प्ले अफ सेमिफाइनल खेल स्थगित भएको छ ।युक्रेन र स्कटल्याण्ड बीचको खेल मार्च २४ मा ह्याम्पडेनमा हुने तय भएको छ । तर, रुसले युक्रेनमा आक्रमण जारी राखेपछि युक्रेनले फिफासँग स्कटल्याण्ड विरुद्धको खेल स्थगित गर्न आग्रह गरेको थियो ।
यस खेल स्थगित भएपछि वेल्स र अष्ट्रियाको खेलको विजेतासँग हुने प्लेअफ फाइनल खेल पनि पछि सर्ने भएको छ । रुसले युक्रेनमाथि आक्रमण जारी राखेपछि हाल युक्रेनमा फुटबल गतिविधि बन्द गरिएको छ । फिफा विश्वकप आगामी नोभम्बर-डिसेम्बरमा कतारमा हुँदैछ ।
प्रतिक्रिया