देश

शेर्पा संमरक्षण समाज नेपालले लोसार कार्यक्रम गर्दै


काठमाडौँ — महायान बौद्ध धर्मावलम्बीको नयाँ वर्ष २१४९औं छु फो ताग लो ग्याल्पो लोसारको अवसरमा शेर्पा संमरक्षण समाज नेपाले लोसार कार्यक्रम आयोजना गर्ने भएको छ ।
समाजलेको आयोजनामा यही फागुन २८ गते कपनस्थित मिलनचोक पार्टि प्यालेसमा लोसार कार्यक्रम आयोजना गर्न लागिएको शेर्पा संस्थाका कोषअध्यक्ष ग्याम्जु शेर्पाले योहो खबरलाई जानकारी दिनुभयो ।

अघिल्लो बर्ष कोरोना भाइरसका कारण लोसार कार्यक्रम गर्न नसके पनि यस वर्ष भने भव्यतकासाथ मनाउने योजना रहेको शेर्पा बताउनुभयो । कोरोना महामारीले अस्तव्यस्त बनाएको मानिसको जीवनशैलीलाई मनोरञ्जन दिलाउने उद्देश्यले समाजले लोसार कार्यक्रम आयोजना गरिएको शेर्पा बताउनुभयो । उहाँका अनुसार लोसार शुभकामना आदान–प्रदान र साँस्कृतिक कार्यक्रम समेत रहेको बताउनुभयो । सबैको सहभागीत होस् भने उदेश्यले यस बर्षको लोसार टिकट भने अघिल्लो बर्षको तुलनामा केहि रकम छुट गरिएको शेर्पा जानकारी दिनुभयो ।

शेर्पाले संस्थाको तर्फबाट देश तथा बिदेशि भुमिमा रहन्नु भएका लोसार प्रेमिहरुमा शुभकामा सहित काठमाडौँमा बसोवास गर्ने इछुकहरुमा लोसारमा उपस्थित हुन आग्रहसमेत गर्नु भएको छ ।