काठमाडौँ — ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा २ दिने शिशुसहित ५ जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा ४ जना मृत भेटिएका छन् । दुई वर्षीय शिशुलाई उपचारका लागी लैजाँदै गर्दा पाटन अस्पतालमा मृत्यु भएको छ । घटनास्थलमा गएका ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलकाअनुसार परिवारका सदस्यहरु घरभित्र आगो बालेर सुतेको र भेन्टिलेसन नभएको भेटिएको छ ।
प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको हो । उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको हो । उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको पनि मृत्यु भएको हो ।


प्रतिक्रिया