काठमाडौँ — रुसले युक्रेनमाथि फेब्रुअरी २४ देखि निरन्तर आक्रमण गरिरहेको छ । यस्तोमा ठूलो संख्यामा युक्रेनका मानिसहरु पनि मुलुक छाडेर भागिरहेका छन् ।
यसैबीच युक्रेनको राजधानी किभको बाहिरी क्षेत्रमा मुलुकको क्षेत्रीय रक्षाबलका एक जोडीले भने युद्धकै क्रममा विवाह गरेका छन् । भलेरी फिलिमोनोभ र लिसया इभास्चेन्कोले सैन्य पोसाकमै बिहे गरेका हुन् ।
वैवाहिक समारोहमा युक्रेनका सशस्त्र सेनाका अन्य जवान र किभका मेयर पनि सहभागी भएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २२ वर्षदेखि सँगै बसिरहेका उनीहरु रुससँग जारी युद्धमा फ्रन्टलाइनमा रहेर लडिरहेका छन् । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि लिसियाले अर्को जागिर छाडेर सेनामा भर्ती भएकी हुन् । उनले सेनामा भर्ती हुनुभन्दा पहिला भलेरीलाई देखेकी थिइनन् ।
विवाह गरेपछि उनले भनिन्, ‘मलाई खुसी लागेको छ कि हामी जीवित छौं । आजको दिनमा मेरा पति जीवित छन् र मसँग छन् ।’
उनले भोलि के हुन्छ भन्ने कसैलाई पनि थाहा नभएको भन्दै आज मुलुक र भगवानको अगाडि आफूले विवाह गरेको बताइन् । उनले यो युद्धमा युक्रेनको जित हुने विश्वाससमेत व्यक्त गरिन् । किभका मेयरसहित उपस्थितहरुले नवविवाहित जोडीलाई बधाई दिएका छन्।


प्रतिक्रिया