Breaking

भक्तपुरमा एक महिलामाथि श्रीमान्‌द्वारा ‘तेजाव’ प्रहार !


काठमाडौँ — भक्तपुरमा एक महिलामाथि आफ्नै श्रीमानले कुटपिट गरी तेजाव प्रहार गरेका छन् ।

भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले दिएको जानकारीअनुसार भक्तपुर दधिकोटका ६५ वर्षका श्याम गुभाजुले कुटपिटपछि नाम नखुलेको केमिकल शरीरमा प्रहार गरी घाइते बनाएका छन् ।

यस रसायनलाई तेजाव आक्रमणविरुद्धको अभियानमा सक्रिय उज्ज्वलविक्रम थापाले तेजाव आक्रमण भनेका छन् ।

घाइते महिलालाई कीर्तिपुर अस्पतालमा उपचार गरिँदैछ । आक्रमणकारी श्याम गुभाजुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।