काठमाडौँ – नेपालको शेयर बजार यति बेला तिब्र उतारचाढावमा छ । तर पनि चालु आर्थिक वर्षको सात महिनामा करिब ९ अर्ब शेयर बजारबाट मात्र राजश्व संकलन भएको छ ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेप्सेले पुँजी बजारबाट ८ अर्ब ९० करोड रुपैयाँ बराबरका राजश्व संकलन गरेको छ । पछिल्लो समय पुँजीबजारमा लगानीकर्ताको आकर्षण बढेकाले राजश्व संकलन पनि बढेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
पछिल्लो १८ महिनामा ३४ लाखले नयाँ डिम्याट खाता खोलेको पनि सीडीएससीले जानकारी दिएको छ । डिम्याट खाता खोल्नेको संख्या अहिले ५० लाख १९ हजार ८२६ पुगेको छ ।
आचार्यले डिम्याट खातासँगै मेरो शेयरमा खाता खोल्नेको संख्या पनि पछिल्लो १८ महिनामा बढेर ४१ लाख ३३ हजार २४० पुगेको छ । गत आर्थिक वर्षमा १४ अर्ब १४ करोड रुपैयाँ राजश्व जम्मा भएकोमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म ८ अर्ब ९० करोड रुपैयाँ राजश्व संकलन भएको हो ।
नेपालको शेयर बजारको विकासका लागि नयाँ स्टक एक्सचेञ्ज आउनु पर्ने विज्ञले पनि बताउदै आएका छन् । पुँजी बजारको आवश्यकता अनुसार नयाँ स्टक एक्सचेञ्ज आउनु पर्ने स्वयम् नेपाल स्टक एक्सचेञ्ज नेप्सेको धारणा छ ।
त्यस्तै, अहिले नेपाली पुँजीबजार सुधार गर्नको लागि भएका नीति तथा कानूनमा सुधार गर्नु पर्ने आवश्यकता भएकाले नेप्सेले त्यसैलाई प्राथमिकता दिएर काम गरिरहेको छ । पछिल्लो समय शेयरबजारप्रति आम सर्वसाधारणहरूको आकर्षण बढेसँगै हितग्राही खाता (डिम्याट) खोल्नेहरूको संख्यामा समेत उल्लेखनीय वृद्धि भएकाले नेपाली पुँजीमा पनि वृद्धि हुँदै गएको छ ।
नेप्सेले पनि ग्रामिण स्तरसम्म पुँजी बजारलाई विस्तार गर्न नयाँ सफ्टवयरहरु निर्माण गरेर कारोबारको लागि सहज बनाउने भएको छ ।
प्रतिक्रिया