काठमाडौँ – साताको पहिलो कारोबारको दिन आज शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । अघिल्लो साताको बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचक छैटौ दिनसम्म पनि निरन्तर रुपमा गिरावट आएको हो ।
आज नेप्से परिसूचक ३.६६ अंक घटेर २ हजार ५४३.३९ विन्दुमा झरेको छ । नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स १.३१ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०४ अंक घटेको छ । आइतबार कारोबारमा आएका २३० कम्पनीको ५१ लाख ३९ हजार कित्ता शेयर २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
प्रतिक्रिया